२ पत्रुस 3:11-12
२ पत्रुस 3:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्लनेछन्।
२ पत्रुस 3:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी सबै कुराहरू नाश भएर जाने हुनाले तिमीहरू कस्ता किसिमका मानिसहरू हुनुपर्ने हो त? तिमीहरूले पवित्र र ईश्वरीय जीवन बिताउनुपर्छ। जब तिमीहरूले परमेश्वरका दिनलाई पर्खंदैछौ, र त्यो दिन नजिक आएको चाहन्छौ; जुन दिनले आगोद्वारा स्वर्गको नाश ल्याउनेछ, र तत्वहरू तापमा पग्लिनेछन्।
२ पत्रुस 3:11-12 पवित्र बाइबल (NERV)
यसर्थ, मैले भनेको जस्तै हरेक कुरा नष्ट हुनेछ। यसर्थ तिमी कस्तो किसिमको मानिस हुनुपर्छ? तिमीहरूले पवित्र जीवन जिउनु पर्छ अनि परमेश्वरको सेवा गर्नुपर्छ। तिमीहरूले परमेश्वरको दिनको प्रतिक्षा गर्नु पर्छ। तिमीहरूले त्यो दिनको आगमनको दृढतासँग चाहना गर्नु पर्छ। जब त्यो दिनको आगमन हुन्छ, आकाश अग्निले ध्वंश पार्नेछ, अनि आकाशको हरेक वस्तु आगोको रापले पग्लने छन्।
२ पत्रुस 3:11-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्वरलाई चढाएको हुनुपर्छ। तिमीहरूले परमेश्वरको न्याय गर्ने दिनको बाटो हेर्दा यो चाँडै होस् भनेर गर्नुपर्ने काम गर। त्यसै बेला आकाश-मण्डल डढेर भस्म हुनेछ अनि ग्रह-नक्षत्र तातोले पग्लेर जानेछन्।