२ पत्रुस 1:5-11

२ पत्रुस 1:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसैकारण जति सक्‍दो तिमीहरूको विश्‍वासमा भलाइ थप्‍ने कोसिस गर। भलाइमा ज्ञान थप, ज्ञानमा संयम थप, संयममा धैर्य थप, धैर्यमा भक्ति, भक्तिमा दाजुभाइहरूको माया, दाजुभाइको मायामा प्रेम थप। तिमीहरूलाई चाहिने गुण यिनै हुन् अनि यी गुण प्रसस्त भए भने तिमीहरू हाम्रा प्रभु येशूको ज्ञानमा धेरै काम गर्ने र फल फलाउने हुनेछौ। तर यी गुण नहुनेहरू त परसम्‍मको कुरा नदेख्‍ने अन्‍धाहरू हुन्। तिनीहरूले आफ्‍ना पाप धोएको पनि बिर्सिसकेका हुन्‍छन्। यसैकारण दाजुभाइहरू, परमेश्‍वरले तिमीहरूलाई बोलाउनुभएको र चुन्‍नुभएको अनुभवलाई पक्‍का गर्ने कोसिस गर। तिमीहरूले यसो गर्‍यौ भने आफ्‍नो विश्‍वास कहिल्‍यै त्‍याग्‍नेछैनौ। यसरी नै हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको सधैँभरि रहने राज्‍यमा तिमीहरूले पस्‍ने हक पाउनेछौ।

शेयर गर्नुहोस्
२ पत्रुस 1 पढ्नुहोस्

२ पत्रुस 1:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप, ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह, भातृ-स्‍नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्‍त छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्‍मा र निष्‍फल हुनदेखि बचाउनेछन्‌। किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्‍धा र टाढ़ाका कुरा नदेख्‍नेजस्‍तो हुन्‍छ। यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्‍चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्‍यै लोट्‌नेछैनौ। किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्‍त राज्‍यभित्र तिमीहरूलाई भव्‍य स्‍वागतसाथ प्रवेश मिल्‍नेछ।

शेयर गर्नुहोस्
२ पत्रुस 1 पढ्नुहोस्

२ पत्रुस 1:5-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसैको निम्ति नै आफ्नो विश्‍वासमा सद्गुण र सद्गुणमा ज्ञान, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृ-स्‍नेह र भातृ-स्‍नेहमा प्रेम थप्नलाई अथक परिश्रम गर। किनकि यी गुणहरू तिमीहरूमा प्रशस्त मात्रामा छन् भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा यी गुणहरूले तिमीहरूलाई बेकम्मा र फलरहित हुनबाट बचाउनेछन्। तर कसैमा यी कुराहरू छैनन् भने ऊ नजिकै मात्र देख्ने एक दृष्‍टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्‍ने कुरा भुलेको हुन्छ। यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्‍चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्‍यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ; अनि तिमीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा भव्य स्वागत पाउनेछौ।

शेयर गर्नुहोस्
२ पत्रुस 1 पढ्नुहोस्

२ पत्रुस 1:5-11 पवित्र बाइबल (NERV)

यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप। अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरू प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरू प्रतिको स्नेहमा प्रेम थप। यदि यी जन्मै कुराहरू तिमीहरूमा छन् अनि तिनीहरू वृद्धि हुँदैछन् भने यी कुराहरूले तिमीहरूलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरूले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ। तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ। मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ। अनि तिमीहरूलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।