२ कोरिन्थी 6:17-18
२ कोरिन्थी 6:17-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु। म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
२ कोरिन्थी 6:17-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण, “तिनीहरूका बीचबाट निस्किआओ; अनि अलग होओ, प्रभु भन्नुहुन्छ। अशुद्ध थोक नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।” र “सर्वशक्तिमान् प्रभु भन्नुहुन्छ, म तिमीहरूका पिता हुनेछु; अनि तिमीहरू मेरा छोराछोरीहरू हुनेछौ।”
२ कोरिन्थी 6:17-18 पवित्र बाइबल (NERV)
“यसैले ती मानिसहरूबाट निस्केर आऊ, आफूलाई तिनीहरूबाट अलग गराऊ, प्रभु भन्नु हुन्छ, केही असुद्ध कुराहरू नछोऊ, र म तिमीरूलाई स्वीकार गर्नेछु।” “म तिमीहरूका पिता बन्नेछु, अनि तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परम प्रभु भन्नु हुन्छ।”
२ कोरिन्थी 6:17-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण परमप्रभु आफैं भन्नुहुन्छ, “तिमीहरूले तिनीहरूलाई छोडिदेओ र तिनीहरूबाट छुट्टिएर बस। सबै अशुद्ध थोक नछोओ। त्यसो भए तिमीहरूलाई म आफ्नो बनाउनेछु,” “र म तिमीहरूका पिता हुनेछु, तिमीहरू मेरा छोरा-छोरी हुनेछौ। यही नै सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”