२ कोरिन्थी 2:14-15
२ कोरिन्थी 2:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रीष्टमा सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ, र उहाँको ज्ञानको सुबास्ना हामीद्वारा हरेक स्थानमा फैलाउनुहुन्छ। किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइराखेकाहरूका माझमा पनि हामी परमेश्वरको निम्ति ख्रीष्टको सुबास्ना हौं
२ कोरिन्थी 2:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई ख्रीष्टको विजयको यात्रामा डोर्याउनुहुन्छ, र हामीद्वारा नै उहाँको ज्ञानको सुबास्ना चारैतिर फैलाउनुहुन्छ। किनकि उद्धार पाइरहेकाहरू र नष्ट भइरहेकाहरूका बीचमा हामी परमेश्वरका निम्ति ख्रीष्टको मिठो सुबास्ना हौँ।
२ कोरिन्थी 2:14-15 पवित्र बाइबल (NERV)
तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई सधैँ ख्रीष्टद्वारा विजयतर्फ डोर्याउनु हुन्छ। परमेश्वरले हामीलाई उहाँको ज्ञान सुगन्धित वासना जस्तो चारैतिर फिंजाउन प्रयोग गर्नुहुन्छ। परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।
२ कोरिन्थी 2:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरलाई धन्यवाद होस् किनभने उहाँले सधैँ हामीलाई ख्रीष्टसँगै जितको यात्रामा डोर्याउनुहुन्छ। मीठो बास्नाझैँ चारैतिर ख्रीष्टको ज्ञान फैलाउन उहाँले हामीलाई काममा लाउनुहुन्छ किनभने हामी त परमेश्वरमा चढाएका ख्रीष्टको मीठो बास्ना हौं। बाँच्नेहरू र नाश हुनेहरू सबैकहाँ चल्ने बास्ना यही हो।