२ इतिहास 36:22-23
२ इतिहास 36:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको हृदय उत्तेजित पार्नुभयो। अनि उनले आफ्नो साम्राज्यभरि नै मुखैले र लिखित रूपमा यसो भनेर एउटा घोषणा निकाले: “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ। अनि उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म त्यसलाई भन्दछु, ‘परमप्रभु त्यसका परमेश्वर त्यससँग रहून्, अनि त्यो मानिस उक्लेर यरूशलेममा जाओस्’।”
२ इतिहास 36:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले: “परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह स्वर्गका परमेश्वरले मलाई संसारका सबै राज्यहरू दिनुभएको छ। अनि उहाँले मलाई उहाँका निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउन नियुक्त गर्नुभएको छ। तिमीहरूमध्ये उहाँका हरेक मानिससित याहवेह उसका परमेश्वर रहून्, र त्यसलाई यरूशलेममा जान दिइयोस्।’ ”
२ इतिहास 36:22-23 पवित्र बाइबल (NERV)
कोरेस फारसको राजा रहेको पहिलो बर्ष परमप्रभुले कोरेसलाई विशेष घोषणा गर्न लगाउनु भयो। उहाँले यसो गर्नु भयो जसद्वारा परमप्रभुले यिर्मयाह अगमवक्ता मार्फत दिनु भएका वचनका कुराहरू साँच्चै नै घटित् हुने छन्। कोरेसले आफ्नो राज्यका हरेक स्थानमा संन्देशवाहकहरू पठाए। तिनीहरूले यो संन्देश बोकेः कोरेस, फारसका राजा भन्छन्: “परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।”
२ इतिहास 36:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा पठाउने काम गर्न लाउनुभयो। त्यो आज्ञा लेखेर उनको साम्राज्यका हरेक ठाउँमा उच्च सोरमा पढेर सुनाउन पठाइयो: “यो फारसका महाराजा कोरेसको आज्ञा हो। परमप्रभु स्वर्गका परमेश्वरले मलाई सारा संसारका शासक बनाउनुभएर उहाँको निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउने जिम्मेवारी दिनुभएको छ। अब तिमीहरू, जो परमेश्वरका प्रजा हौ, सबै यरूशलेममा जाओ र परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूका साथ रहून्।”