१ तिमोथी 6:11-16

१ तिमोथी 6:11-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर परमेश्‍वरका जन तिमीले यी सबै त्‍याग, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, स्‍थिरता र नम्रताको लक्ष्य राख। विश्‍वासको उत्तम लड़ाइँ लड़। अनन्‍त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्‍थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ। सबै थोकलाई जीवन दिनुहुने परमेश्‍वर र पन्‍तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्‍ट येशूको सामने, म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्‍ट देखा नपरुञ्‍जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख। अनि धन्‍य र सर्वोच्‍च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्‍टको आगमनलाई प्रकट गर्नुहुनेछ। उहाँमा नै अमरत्‍व छ, र उहाँ त्‍यस ज्‍योतिमा वास गर्नुहुन्‍छ जसको नजिक कोही जान सक्‍दैन। उहाँलाई कुनै मानिसले कहिल्‍यै देखेको छैन न देख्‍न सक्‍छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्‌। आमेन।

शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्

१ तिमोथी 6:11-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तर हे परमेश्‍वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग। विश्‍वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ। प्रत्येकलाई जीवन दिनुहुने परमेश्‍वर र पन्तियस पिलातसको सामु असल विश्‍वासको गवाही दिनुहुने ख्रीष्‍ट येशूको दृष्‍टिमा, म तिमीलाई यो आदेश दिन्छु: प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म यस आज्ञालाई बेदाग अथवा दोषरहित राख, जसलाई परमेश्‍वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्‍वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ। उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन।

शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्

१ तिमोथी 6:11-16 पवित्र बाइबल (NERV)

तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर। आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्। परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु। ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर। ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्

१ तिमोथी 6:11-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरका भक्त, तिमी यी नराम्रा कुराहरूदेखि अलग्‍गै बस। तिमीले परमेश्‍वरका अघि ठीक ठहरिने कुरामा, भक्तिमा, विश्‍वासमा, प्रेममा, धैर्यमा, नम्र हुने कुरामा आफ्‍नो मन लगाऊ। विश्‍वासको लडाइँमा राम्ररी लड्‍न अनन्त जीवनलाई पक्रिराख किनभने यसकै लागि परमेश्‍वरले तिमीलाई बोलाउनुभएको हो अनि तिमीले पनि धेरै मानिसहरूका सामुन्‍नेमा आफ्‍नो साँचो साक्षी दिएको हो। सबै थोकलाई जीवन दिने परमेश्‍वर र पन्‍तियस पिलातसकै सामुन्‍नेमा साँचो साक्षी दिने ख्रीष्‍ट येशूकै अगाडि म तिमीलाई यो आज्ञा दिंदै छु, तिमीले हाम्रा प्रभु येशू ख्रीष्‍ट नआउञ्‍जेल तिमीले पाएको आज्ञा राम्ररी मान र कसैले दोष लगाउन नपाओस्। परमेश्‍वरले उहाँलाई ठीक समयमा फेरि पठाउनुहुनेछ। परमेश्‍वर नै सबै शक्तिका मालिक, राजाहरूका पनि राजा र प्रभुहरूका प्रभु हुनुहुन्‍छ। उहाँ सधैँभरि रहने र कोही पुग्‍न नसक्‍ने उज्‍यालोमा रहनुहुन्‍छ। उहाँलाई कसैले पनि अहिलेसम्‍म देखेको छैन र देख्‍न पनि सक्‍दैन। सधैँभरि रहने शक्ति र आदर उहाँमै रहोस्। आमेन।

शेयर गर्नुहोस्
१ तिमोथी 6 पढ्नुहोस्

१ तिमोथी 6:11-16

१ तिमोथी 6:11-16 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्