१ तिमोथी 4:11-16
१ तिमोथी 4:11-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी नै कुराको आज्ञा देऊ र सिकाऊ। जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ। तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्डरहरूले तिनीहरूका हात तिमीमाथि राख्दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो। यी कर्तव्यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्। आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।
१ तिमोथी 4:11-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ। तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्वासमा र शुद्धतामा विश्वासीहरूको लागि उदाहरण बन। म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ। मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा, अगमवाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानको अवहेलना नगर। यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्। आफ्नो जीवन र शिक्षाको बारेमा राम्ररी ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफैँलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।
१ तिमोथी 4:11-16 पवित्र बाइबल (NERV)
यिनै कुराहरूका आदेश र शिक्षा देऊ। तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ। म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु। तिमीमा भएको वरदानलाई काममा लाउने कुरो याद गर। त्यो बरदान तिमीलाई अगुवाहरूको समूहले तिमीमाथि हात राखेर अगमवाणी गरी दिएकाछन्। यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्। आफ्नो जीवनको र आफ्नो शिक्षणको ध्यान राख। उचित रूपले जीवन जिउँदै अनि शिक्षा दिंदै जाऊ। तब तिमीले आफैंलाई अनि तिम्रा शिक्षा सुन्नेहरूलाई बचाउनेछौ।
१ तिमोथी 4:11-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी नै कुराहरूलाई जोड दिएर तिमी पनि सिकाउने गर। तन्नेरी भएको कारणले कसैले पनि तिमीलाई हेंला गर्न नपाओस्। तर तिम्रो बोली-वचन, चालचलन, प्रेम, विश्वास र शुद्धतामा तिमी एउटा नमुना बन्न सक। म नआउञ्जेल तिमीले मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाऊ, साहस देऊ र शिक्षाहरू दिने गर। तिमीले पाएको दानलाई हेलचेक्र्याइँ नगर। त्यो दान अगमवक्ताले बोल्दा र मण्डलीका धर्म-गुरुहरूले तिमीमाथि हात राख्दा तिमीलाई मिलेको दान हो। तिम्रो सम्पूर्ण ध्यान र भएभरको शक्ति यिनै सिकाएका कुराहरूमा लगाऊ र तिमीले गरेको उन्नति सबैले देखून्। आफ्नो बारेमा र आफूले दिएको शिक्षाको बारेमा राम्ररी चनाखो होऊ। यी कुरामा लागिरह्यो भने आफू र आफ्ना कुरा सुन्नेहरू दुवै थरीले मुक्ति पाउनेछन्।