१ थेसलोनिकी 5:8-10 - Compare All Versions
१ थेसलोनिकी 5:8-10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं। किनकि परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागा बसौं वा सुतेका होऔं, हामी सबै उहाँकै साथमा जिउन सकौं।
१ थेसलोनिकी 5:8-10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ। किनकि परमेश्वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति प्राप्त गर्नलाई नियुक्त गर्नुभएको हो। उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ।
१ थेसलोनिकी 5:8-10 NERV (पवित्र बाइबल)
तर हामी दिनसँग सम्वन्धित छौं, यसकारण हामी आफैंले आफूलाई नियंत्रित राख्नु पर्छ। हामीले आफ्नो रक्षा गर्न कवच जस्तो प्रेम र विश्वास पहिरिनु पर्छ मुक्तिको आशा हाम्रो शिर-रक्षक हुनुपर्छ। परमेश्वर हामीलाई उहाँको रिसको भागी बन्न होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाउनुको निम्ति छानिएका हौ। येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन।
१ थेसलोनिकी 5:8-10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर हामीहरू त दिनका सन्तान भएका हुनाले हामी होशमा रहिरहौं। हामीले विश्वास र प्रेमको कवच लगाऔं अनि टोपझैँ मुक्तिको आशालाई पहिरिऔं। परमेश्वरले हामीमाथि आफ्नो रिस खन्याउन छान्नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्नुभएको हो। उहाँ आउनुहुँदा हामी मरे पनि, बाँचे पनि उहाँसँगै जिउन प्रभु येशू हाम्रो सट्टामा मर्नुभयो।