१ थेसलोनिकी 3:12-13
१ थेसलोनिकी 3:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं त्यसरी नै प्रभुले तिमीहरूलाई एकले-अर्कासँग र सबै मानिससँग प्रेममा बढ्ने र प्रशस्त भइरहने तुल्याऊन्, यस हेतुले कि उहाँका सबै सन्तहरूका साथमा हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँले हाम्रा परमेश्वर पिताको सामुन्ने तिमीहरूका हृदय पवित्र र निष्खोट तुल्याई स्थिर गराऊन्।
१ थेसलोनिकी 3:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ, त्यसरी नै प्रभुले तिमीहरूलाई एक-अर्कामा र अरू सबैसँग प्रेममा बढाइदेऊन् र प्रशस्त पारून्। हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूको साथमा आउनुहुँदा, हाम्रा पिता परमेश्वरको उपस्थितिमा निष्खोट र पवित्र हुने गरी उहाँले तिमीहरूका हृदय साहसिलो बनाऊन्।
१ थेसलोनिकी 3:12-13 पवित्र बाइबल (NERV)
हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर। तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।
१ थेसलोनिकी 3:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले तिमीहरूलाई माया गरेझैँ प्रभुले तिमीहरूलाई पनि एक-अर्का र सबै मानिसप्रतिको मायामा झन्-झन् बढाउनुभएको चाहन्छौं। उहाँले यो माया दिएर हाम्रा प्रभु येशू आफ्ना पवित्र जनहरूसँग आउँदा हाम्रा परमेश्वर पिताको अघि पवित्रतामा निर्दोष हुन तिमीहरूका हृदयलाई स्थिर बनाउनुभएको होस्।