१ शमूएल 26:7-11

१ शमूएल 26:7-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्‌क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए। अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले तपाईंको शत्रुलाई आज तपाईंको हातमा सुम्‍पिदिनुभएको रहेछ। भालाले घोचेर एकै खेपमा उनलाई भूइँमा रोपिदिने मलाई हुकुम दिनुहोस्‌। मैले दुई खेप हिर्काउनैपर्दैन।” तर दाऊदले तिनलाई भने, “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्‍छ?” दाऊदले अझै भने, “जीवित परमप्रभुको नाउँमा म भन्‍दछु कि परमप्रभु आफैले उनलाई मार्नुहुनेछ। कि त उनको काल आएर उनी मर्नेछन्‌ अथवा लड़ाइँमा गएर उनी खतम हुनेछन्‌। तर मैले परमप्रभुका अभिषिक्तको विरुद्धमा हात कहिले उठाउनु नपरोस्‌। अब उनको सिराननेर भएको भाला र पानीको सुराही लिएर जाऔं।”

शेयर गर्नुहोस्
१ शमूएल 26 पढ्नुहोस्

१ शमूएल 26:7-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण दावीद र अबीशै राति नै सेनाहरूकहाँ गए। शाऊल आफ्नो सिरानीनिर भुइँमा आफ्नो भाला गाडेर छाउनीभित्र सुतिरहेका भेट्टाए। अबनेर र सिपाहीहरूचाहिँ तिनको चारैतिर ढल्किरहेका थिए। तब अबीशैले दावीदलाई भने, “आज परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ। अब मलाई मेरो भालाले यिनलाई भुइँसम्मै रोपिने गरी प्रहार गर्न अनुमति दिनुहोस्। मैले यिनलाई दोस्रो पल्ट प्रहार गर्नु पर्नेछैनँ।” तर दावीदले अबीशैलाई भने, “शाऊललाई नमार्नू! याहवेहको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिँ निर्दोष रहन सक्ला र?” दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्‍ट हुनेछन्। तर याहवेहको अभिषिक्त जनमाथि हात उठाउनदेखि मलाई याहवेहले रोकून्। तर तिनको सिरानीनिर भएको भाला र पानीको सुराहीचाहिँ लिऔँ र हामी जाऔँ।”

शेयर गर्नुहोस्
१ शमूएल 26 पढ्नुहोस्

१ शमूएल 26:7-11 पवित्र बाइबल (NERV)

जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसँगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए। अबीशैले दाऊदलाई भने, “आज परमेश्वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिनु भएकोछ उसको भालाले उसैलाई रोप्न मलाई दिनुहोस्। म एकै खेपमा काम सिध्याउँछु।” तर दाऊदले अबीशैलाई भने, “शाऊललाई नमार! परमेश्वरले छान्नु भएको राजालाई घात गर्दा दण्ड पाइन्छ। साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ परमप्रभु आफैंले शाऊललाई दण्ड दिनुहुनेछ। शाऊल युद्ध भूमिमा मरोस अथवा स्वभाविक मृत्यु होस्। तर म परमप्रभुले उहाँका चुनिएका राजालाई केही नोक्सान नपुर्याउन भनी उहाँलाई विन्ति गर्छु। शाऊलको शिरमा भएको भाला र पानीको सुराही उठाउ अनि हामी जानेछौ।”

शेयर गर्नुहोस्
१ शमूएल 26 पढ्नुहोस्

१ शमूएल 26:7-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यो रात दाऊद र अबीशै शाऊलको छाउनीभित्र पसे र तिनलाई आफ्‍नो भाला टाउकाको छेउ भूइँमा गाडेर पालमा सुतिरहेका भेट्टाए। तिनका चारैपट्टि अबनेर र तिनका सिपाहीहरूको टोली सुतिरहेको थियो। अबीशैले दाऊदलाई भने, “आज राती परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा पारिदिनुभएको छ। अब मलाई उनको आफ्‍नो भालाले एकैपल्‍ट मात्र हानेर तिनलाई छेडी भूइँमा टसाउँन दिनुहोस्। मैले दुईपल्‍ट हिर्काउनुपर्दैन!” तर दाऊदले भने, “तिमीले तिनको हानि गर्नुहुन्‍न। आफूले चुनेका राजालाई चोट पुर्‍याउने मानिसलाई अवश्‍य नै परमप्रभुले दण्‍ड दिनुहुनेछ।” दाऊदले भने, “जीवित परमप्रभुलाई साक्षी राखी दृढतासाथ म भन्‍दछु कि परमप्रभु आफैंले उसलाई मार्नुहुनेछ। साधारण रीतिले उनको मर्ने बेला हुँदा अथवा लडाइँमा मार्नुहुनेछ भनी म जान्‍दछु। जसलाई परमप्रभुले राजा बनाउनुभयो, उनलाई चोट दिने चेष्‍टा गर्नबाट मलाई परमप्रभुले रोकून्! हामी बरु उनका भाला र पानीको सुराही लिएर जाऔं।”

शेयर गर्नुहोस्
१ शमूएल 26 पढ्नुहोस्