१ शमूएल 24:5-6
१ शमूएल 24:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। दाऊदले आफ्ना मानिसहरूलाई भने, “मैले आफ्ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ।”
१ शमूएल 24:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो। तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।”
१ शमूएल 24:5-6 पवित्र बाइबल (NERV)
पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन् र मैले त्यसो नगरको भए हुने थियो।”
१ शमूएल 24:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर त्यसपछि दाऊदको विवेकले उनलाई दोष दिन लाग्यो र तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुले राजा चुन्नुभएको मेरो मालिकलाई केही क्षति गर्नबाट परमप्रभुले मलाई बचाऊन्! उनी परमप्रभुले चुन्नुभएका राजा हुन्, मैले उनलाई अलिकता पनि चोट पुर्याउन दिनुहुन्न!”