१ शमूएल 18:1-5

१ शमूएल 18:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दाऊदले शाऊलसँग बातचीत गरिसकेपछि, जोनाथन दाऊदसँग आत्‍मामा एक भए, र आफूलाई झैँ तिनलाई प्रेम गर्न लागे। त्‍यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्‍ना बुबाको घरमा फेरि फर्किजान दिएनन्‌। जोनाथनले दाऊदलाई आफैलाई झैँ प्रेम गरेका हुनाले, जोनाथनले तिनीसँग एउटा करार बाँधे। तब जोनाथनले आफूले लाएका खास्‍टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्‍नो तरवार, धनु र पेटीसमेत दिए। शाऊलले पठाएको जुनसुकै काममा पनि दाऊद यति सफल भए कि शाऊलले तिनलाई आफ्‍नो सेनाको उच्‍च पदमा नियुक्त गरे। यसरी दर्जा बढ़ेकामा साधारण मानिसहरू र शाऊलका अधिकृतहरू पनि प्रसन्‍न भए।

शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्

१ शमूएल 18:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब दावीदले शाऊलसँग कुरा गरिसके, तब जोनाथन दावीदसँग आत्मामा एक भए। जोनाथनले दावीदलाई आफैँलाई जस्तै प्रेम गरे। त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्। जोनाथनले दावीदलाई आफूलाई जस्तै प्रेम गरेको कारण तिनले दावीदसँग करार बाँधे। जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए। शाऊलले दावीदलाई जे-जे काम गर्न दिए, तिनले ती सबै काममा सफलता पाए। त्यसैले शाऊलले तिनलाई सेनाको उच्‍च पदमा नियुक्त गरे। यस विषयमा सबै मानिसहरू र शाऊलका अधिकृतहरू पनि खुशी भए।

शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्

१ शमूएल 18:1-5 पवित्र बाइबल (NERV)

दाऊदले शाऊलसँग कुरा गरिसके पछि जोनाथन र दाऊदको बीचमा मित्रमा शुरू भयो। जोनाथनले दाऊदलाई त्यति नै प्रेम गर्थ्यो जति उसले आफूलाई गर्थ्यो। शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन जोनाथनले दाऊदलाई असाध्यै प्रेम गरको हुनाले उसले दाऊदसित एउटा विशेष सन्धि गर्यो। आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो वर्दि, धनु, तरवार र पेटीसमेत दाऊदलाई दियो। शाऊलले दाऊदलाई अरू धेरै युद्धहरूमा पठाए। प्रत्येक युद्धमा दाऊदले नै सफलता पाए। त्यसपछि शाऊलले दाऊदलाई सैनिकहरूको जिम्मा दिए। यसो हुँदा सबै खुशी भए, यहाँ सम्म शाऊलका सबै अधिकारी पनि खुशी भए।

शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्

१ शमूएल 18:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

शाऊल र दाऊदको बातचित सकियो। त्‍यस दिनपछि शाऊलको छोरा जोनाथन दाऊदसँग आत्‍मामा एक भए र तिनले दाऊदलाई आफैंलाई झैँ प्रेम गर्न लागे। त्‍यस दिनदेखि शाऊलले दाऊदलाई आफ्‍नोसाथमा राखे र घर फर्कन दिएनन्। दाऊदलाई गहिरो प्रेम गर्न लागेकोले जोनाथनले तिनीसित सदासर्वदा मित्रता राख्‍ने किरिया खाए। आफूले लगाएको लबेदा खोलेर तिनले दाऊदलाई दिए साथै आफ्‍ना तरवार, धनु र पेटी पनि तिनलाई दिए। शाऊलले गर्न पठाएका हरेक विशेष काममा दाऊद सफल भए र शाऊलले तिनलाई आफ्‍ना सेनामा अधिकृत नियुक्त गरे। त्‍यसो भएपछि शाऊलका सारा सैनिक वर्ग र अधिकृतहरू खुसी भए।

शेयर गर्नुहोस्
१ शमूएल 18 पढ्नुहोस्