१ पत्रुस 4:12-13
१ पत्रुस 4:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दु:ख-कष्टद्वारा तिमीहरूको जाँच भइरहेको छ तर यो कुनै नहुने कुरा भयो भनेर अचम्म नमान। तर ख्रीष्टको दु:खमा सहभागी भएका छौ भनी आनन्द मनाओ र उहाँको ठूलो महिमा प्रकट हुँदा तिमीहरू खुसी मनाउन सक्छौ।
१ पत्रुस 4:12-13 पवित्र बाइबल (NERV)
मेरा मित्रहरू, तिमीहरूले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरूको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घट्ना घटिरहेछ। तर तिमीहरू खुशी हुनु पर्छ किनकि तिमीहरू ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरू खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।
१ पत्रुस 4:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर। तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक।
१ पत्रुस 4:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे प्रिय मित्रहरू हो, तिमीहरूले अग्निपरीक्षा भोग्नुपर्दा तिमीहरूलाई कुनै अनौठो कुरा आइपरेझैँ अचम्म नमान; तर तिमीहरू ख्रीष्टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर। यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्।