१ पत्रुस 3:14-18
१ पत्रुस 3:14-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राम्रो काम गर्दा पनि दु:ख भोग्नुपर्यो भने तिमीहरू कति धन्यका हौ। कसैसँग नडराओ र चिन्ता नगर। तर आफ्ना हृदयमा ख्रीष्टको श्रद्धा राख र उहाँलाई आफ्नो जीवनको स्वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्यसका बारेमा बताउन तयार बस। तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्ने गर। आफ्नो विवेक सफा राख। त्यसो हुँदा तिमीहरूले ख्रीष्टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्। नराम्रा काम गरेर दु:ख भोग्नुभन्दा राम्रो काम गरेर परमेश्वरको इच्छाअनुसार दु:ख भोग्नु झन् असल हो किनभने ख्रीष्ट सधैँभरि पुग्ने गरी पापका लागि मरिदिनुभयो। तिमीहरूलाई परमेश्वरकहाँ पुर्याउन पापबिनाको भएर पनि पापीका लागि मरिदिनुभयो। उहाँ मानिसको शरीरमा हुँदा मारिनुभयो, तर आत्माको शक्तिले जिउँदो हुनुभयो।
१ पत्रुस 3:14-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ। तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर। तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्ने र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन्। यदि परमेश्वरको यस्तै इच्छा छ भने, खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो। किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो।

१ पत्रुस 3:14-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!” तर तिमीहरूका हृदयमा ख्रीष्टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर। तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्। परमेश्वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो। किनकि अधर्मीहरूलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट, जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो।
१ पत्रुस 3:14-18 पवित्र बाइबल (NERV)
तर, धर्म गर्दा तिमीहरूले दु:खको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।” तर तिमीहरूको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरू प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरूसँग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ। तर ती मानिसहरूलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरूले सही कार्य गरिरहेका छौ। जब तिमीहरू यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरूको चरित्रको विषयमा निन्दा गर्नेहरू लज्जित हुनेछन्। सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने। तिमीहरूको निम्ति ख्रीष्टले सधैँको निम्ति जीवन बलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरूको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरू सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मारिनुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।