१ पत्रुस 2:4-8

१ पत्रुस 2:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ। तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ। किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।” यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।” र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्‍वरले छान्‍नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ; तब तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिकी घर बन्दैजाओ। किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।” यसर्थ तिमी विश्‍वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्‍वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही मुख्य ढुङ्गा बन्यो।” र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उल्‍लङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:4-8 पवित्र बाइबल (NERV)

प्रभु येशू सजीव पत्थर हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। तिमीहरू पनि सजीव पत्थरहरू जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरूलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरूले त्यस मन्दिरमा पवित्र पूजाहारीहरूको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ। धर्मशास्त्रले भन्छ, “मैले एक बहुमूल्य कुनेको ढुङ्गा छानेको छु, अनि म त्यो ढुङ्गा सियोनमा राख्छु, जो मानिस उनलाई विश्वास गर्छ, कहिले पनि लज्जित हुनुपर्दैन।” त्यो पत्थर तिमीहरूको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरूको निम्ति उहाँ हुनुहुन्छ: “निर्माण कर्त्ताहरूले अस्वीकार गरेको ढुङ्गा, तिनीहरूलाई आवश्यक छैन, त्यो पत्थर आधारशीला भयो।” जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्

१ पत्रुस 2:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्रभुकहाँ आओ। उहाँ मानिसले काम नलाग्‍ने भनी पन्‍छाएको तर परमेश्‍वरले रोज्‍नुभएको अनमोल जीवित पत्थर हुनुहुन्‍छ। तिमीहरू पनि जिउँदा ढुङ्गाहरू भएर आओ र आत्‍मिक मन्‍दिर बनाउन आफैंलाई सुम्‍पिदेओ। त्‍यहाँ तिमीहरू येशू ख्रीष्‍टको नाताले गर्दा परमेश्‍वरलाई मनपर्दो आत्‍मिक बलिदान चढाउने पवित्र पूजाहारीको काम गर्नेछौ। धर्मशास्‍त्रले भन्‍छ, “हेर! मैले छानेको धेरै मोलको मूल ढुङ्गा सियोनमा राखेको छु। उहाँमा विश्‍वास गर्ने कहिल्‍यै निराशामापर्नेछैन।” विश्‍वास गर्ने तिमीहरूको लागि यो ढुङ्गा अनमोल हो। विश्‍वास नगर्नेको लागि त यो ढुङ्गो यस्‍तो छ, “डकर्मीहरूले काम लाग्‍दैन भनेको ढुङ्गा मूल-ढुङ्गा भयो। धर्मशास्‍त्रले भन्‍छ, “यही नै मानिसहरूलाई ठेस लाग्‍ने ढुङ्गा हो। यही पत्‍थरले गर्दा धेरै जना लड्‍नेछन्। परमेश्‍वरको वचन तिनीहरूले विश्‍वास नगरेकाले ठेस खानेछन्। तिनीहरूको निम्‍ति यस्‍तै तोकिएको थियो।

शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्