१ राजाहरू 8:47 - Compare All Versions

१ राजाहरू 8:47 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

र यदि तिनीहरूलाई कैद गरेर लगेको देशमा तिनीहरूले दु:ख पाएकोले गर्दा मन बद्‌लेर त्‍यस देशमा पश्‍चात्ताप गरी तपाईंलाई अर्ज-बिन्‍ती गरी यसो भने भनेदेखि, ‘हामीले पाप गर्‍यौं, हामीले भूल गर्‍यौं, र हामीले खराब काम गर्‍यौं,’

शेयर गर्नुहोस्
१ राजाहरू 8 NNRV

१ राजाहरू 8:47 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

आफ्‍ना प्रजाको प्रार्थना सुन्‍नुहोस्। त्‍यस देशमा आफ्‍ना पाप र दुष्‍टताबाट कायल हुँदै यदि तिनीहरूले पश्‍चात्ताप गरेर तपाईंलाई प्रार्थना गरे भने हे परमप्रभु, तिनीहरूको बिन्‍ती सुन्‍नुहोस्।

शेयर गर्नुहोस्
१ राजाहरू 8 सरल नेपाली

१ राजाहरू 8:47 NERV (पवित्र बाइबल)

त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’

शेयर गर्नुहोस्
१ राजाहरू 8 NERV

१ राजाहरू 8:47 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरू कैद भएको ठाउँमा तिनीहरूको हृदय परिवर्तन भएर तिनीहरूले आफू कैद गरिएकाहरूका देशमा पश्‍चात्ताप गरेर तपाईंसित अर्जबिन्ती गर्दै ‘हामीले पाप गरेका छौँ, हामीले भूल गरेर दुष्‍ट काम गरेका छौँ’ भन्छन् भने

शेयर गर्नुहोस्
१ राजाहरू 8 NCV