१ यूहन्ना 4:1-2
१ यूहन्ना 4:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्यारा भाइहरू, आफूसँग पवित्र आत्मा हुनुहुन्छ भन्ने जति सबैलाई विश्वास नगर, तर तिनीहरूसँग परमेश्वरको आत्मा हो कि होइन, जाँचेर हेर किनभने धेरै झूटा अगमवक्ताहरू पनि जताततै गएका छन्। येशू ख्रीष्ट मानिस हुनुभयो भन्ने आत्मा नै परमेश्वरका आत्मा हुनुहुन्छ। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्नेछौ।
१ यूहन्ना 4:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो।
१ यूहन्ना 4:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रिय मित्रहरू हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर; किनकि संसारमा धेरै झूटा अगमवक्ताहरू निस्किआएका छन्। परमेश्वरको आत्मालाई तिमीहरू यसरी चिन्न सक्नेछौ—हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दछ, त्यो परमेश्वरबाटको हो।
१ यूहन्ना 4:1-2 पवित्र बाइबल (NERV)
मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्। परमेश्वरको आत्मा तिमीहरू कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरूले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो ऊ परमेश्वरबाट हो।”