१ यूहन्ना 2:16-17
१ यूहन्ना 2:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्। संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।
१ यूहन्ना 2:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि संसारमा भएका सबै थोक, शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको सेखी पिताबाट आएको होइन, तर संसारबाट आएको हो। अनि संसार र त्यसका अभिलाषाहरू बितेर जान्छन्, तर परमेश्वरको इच्छाअनुसार गर्ने मानिस सधैँको निम्ति जीवित रहिरहन्छ।
१ यूहन्ना 2:16-17 पवित्र बाइबल (NERV)
संसारमा भएका नराम्रा कुराहरू यी हुन् हाम्रो पापपूर्ण शारीरिक अभिलाषा खुशी तुल्याउने कुराहरूको चाहाना गर्नु, हामीले देखेका पापपूर्ण वस्तुहरूको चाहाना गर्नु, हामीसित भएका कुराहरूप्रति घमण्ड गर्नु। तर ती कुराहरू पिताबाट आएका होइनन्। ती सबै कुराहरू संसारबाट आएका हुन्। मानिसहरूको इच्छा अनुसारको चीजहरू लिएर संसार अघि बढिरहेकोछ। तर त्यो मानिस जो परमेश्वरले चाहेको गर्छ त्यो सधैँको निम्ति रहन्छ।
१ यूहन्ना 2:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्छा र जीवनको घमण्ड– यी कुराहरू परमेश्वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्। संसार र संसारका कुइच्छाहरू नाश भएर जान्छन्, तर परमेश्वरको इच्छामा लागिरहने मान्छेचाहिँ सधैँभरि रहिरहन्छ।