१ यूहन्ना 2:12-14 - Compare All Versions
१ यूहन्ना 2:12-14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने उहाँका नाउँको खातिर तिमीहरूका पाप क्षमा भएको छ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरूले पितालाई चिनेका छौ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।
१ यूहन्ना 2:12-14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
प्यारा बालकहरू, ख्रीष्टको नाउँका खातिर तिमीहरूका पाप मेटिएका हुनाले तिमीहरूलाई म यो लेख्दै छु। बुबाहरू हो, सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिन्छौ। यसकारण म तिमीहरूलाई लेख्दै छु। तन्नेरीहरू हो, तिमीहरूले दुष्ट शैतानलाई जितेका छौ। त्यसैकारण म तिमीहरूलाई लेख्दै छु। बालकहरू हो, तिमीहरूले परमेश्वर पितालाई चिनेका छौ। त्यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। बुबाहरू हो, जो सुरुदेखि नै हुनुहुन्छ, उहाँलाई तिमीहरू चिन्दछौ। त्यसैकारण मैले तिमीहरूलाई लेखेको हुँ। तन्नेरीहरू हो, तिमीहरू बलिया छौ अनि परमेश्वरको वचन तिमीहरूभित्र रहेको छ। तिमीहरूले दुष्ट शैतानलाई जितेका छौ। त्यसैकारण तिमीहरूलाई लेखेको हुँ।
१ यूहन्ना 2:12-14 NERV (पवित्र बाइबल)
प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पापहरू ख्रीष्टद्वारा क्षमा गरिएका छन्। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू उहाँलाई चिन्दछौ, जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु किनभने तिमीहरूले दुष्टलाई परास्त गरेका छौ। बालकहरू, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरू पितालाई चिन्दछौ। पिताहरू, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरू उहाँलाई चिन्छौ जो शुरुदेखि अस्तित्वमा हुनुहुन्छ। युवा मानिसहरू, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरू बलियो छौ, अनि परमेश्वरको वचन तिमीहरूमा बस्छ, अनि तिमीहरूले दुष्टलाई परास्त गरेका छौ।
१ यूहन्ना 2:12-14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्यारा साना नानीहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि उहाँको नामको निम्ति तिमीहरूका पाप क्षमा भएका छन्। हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। हे प्यारा बालकहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरूले पितालाई चिनेका छौ। हे पिताहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि सुरुदेखि नै हुनुहुनेलाई तिमीहरूले चिनेका छौ। हे जवानहरू हो, म तिमीहरूलाई लेख्दछु; किनकि तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ।