१ यूहन्ना 2:1 - Compare All Versions
१ यूहन्ना 2:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट।
१ यूहन्ना 2:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा प्यारा साना नानीहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु। तर यदि कसैले पाप गर्यो भने पितासँग हाम्रो बचाउका निम्ति बोलिदिने हाम्रा एक अधिवक्ता हुनुहुन्छ अर्थात् धर्मी जन, येशू ख्रीष्ट
१ यूहन्ना 2:1 NERV (पवित्र बाइबल)
मेरा प्रिय नानीहरू, म तिमीहरूलाई यो पत्र लेखिरहेकोछु, जसमा कि तिमीहरूले पाप गर्ने छैनौ। तर यदि कुनै व्यक्तिले पाप गर्छ भने, येशू ख्रीष्टले पिताको अघि हामीलाई बचाउनु हुनेछ। येशू धर्मी हुनुहुन्छ।
१ यूहन्ना 2:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
प्यारा बालकहरू हो, तिमीहरूले पाप नगर भनेर तिमीहरूलाई यो लेख्दै छु। तर कसैले पाप गरिहाल्यो भने पनि हाम्रो पक्षमा परमेश्वरसँग बिन्ती गरिदिनुहुने एक जना धार्मिक येशू ख्रीष्ट हामीसँग हुनुहुन्छ।