१ यूहन्ना 1:5-6
१ यूहन्ना 1:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौं, त्यो यही हो, कि परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्छौं र अन्धकारमा नै हिँड्छौं भनेता, हामी झूट बोल्छौं र सत्यमा चल्दैनौं।
१ यूहन्ना 1:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यही सन्देश हामीले उहाँबाट सुन्यौँ र तिमीहरूलाई सुनाउँछौँ; त्यो यही हो, परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कत्ति पनि अँध्यारो छैन। यदि हामीले उहाँसँग हाम्रो सङ्गति छ भनी भन्छौँ, तर पनि अन्धकारमा नै हिँड्छौँ भने त हामी झूट बोल्छौँ र सत्यतामा चल्दैनौँ।
१ यूहन्ना 1:5-6 पवित्र बाइबल (NERV)
हामीले परमेश्वरबाट साँच्चो सन्देश सुन्यौं। अब हामी यो तिमीहरूलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन। यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौं, हामी सत्यको अनुशरण गरिरहेका छैनौ।
१ यूहन्ना 1:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब हामीले परमेश्वरका पुत्रबाट सुनेको सन्देश यही हो– परमेश्वर नै उज्यालो हुनुहुन्छ र उहाँमा रत्तिभर अँध्यारो छैन। हामी उहाँको संगतिमा छौं भनी भन्छौं, तर अन्धकारमा नै बस्छौं भने हामी काम-कुरा दुवैमा झूटो छौं।