१ कोरिन्थी 9:25-26
१ कोरिन्थी 9:25-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं। यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।
१ कोरिन्थी 9:25-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेक जो खेलमा भाग लिन्छन्, कठोर तालिममा भएर जान्छन्। तिनीहरूले नाश भएर जाने मुकुट पाउनका निम्ति यी सबै गर्छन्। तर हामी त सदा रहिरहने मुकुट पाउनका निम्ति यसो गर्दछौँ। यसकारण म पनि लक्ष्य नराखी दगुर्दिनँ; म हावामा मुक्का हान्दिनँ।
१ कोरिन्थी 9:25-26 पवित्र बाइबल (NERV)
खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ। यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन।
१ कोरिन्थी 9:25-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दौडमा भाग लिनेहरू जिउ सधाउन सबै किसिमले अभ्यास गर्छन्। तिनीहरूले त ओइलाएर जाने माला पाउन त्यसो गर्छन्, तर हामीचाहिँ सधैँभरि रहने मुकुटको लागि गर्छौं। त्यसैले त म निशाना ताकेर दगुर्छु। म हावामा मुक्का हान्दिनँ।