१ कोरिन्थी 9:13-14
१ कोरिन्थी 9:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के तिमीहरूलाई थाहा छैन, कि मन्दिरमा सेवा गर्नेहरूले मन्दिरका थोकहरूबाट खान्छन्, र वेदीका सेवा गर्नेहरूले बलिबाट हिस्सा लिन्छन्? त्यसरी नै सुसमाचार प्रचार गर्नेहरूले पनि सुसमाचारबाटै जीविका चलाऊन् भनी प्रभुले आज्ञा दिनुभयो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
के तिमीहरूलाई थाहा छैन? मन्दिरमा काम गर्नेहरूले मन्दिरबाट नै खान पाउँछन्, र वेदीमा काम गर्नेहरूले वेदीमा चढाएका चीजहरूबाट हिस्सा लिन्छन्। यसै प्रकारले सुसमाचार प्रचार गर्नेले आफ्नो जीविका सुसमाचारबाटै चलाओस् भनी परमेश्वरले आज्ञा गर्नुभएको छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्१ कोरिन्थी 9:13-14 पवित्र बाइबल (NERV)
के तिमीहरू जान्दैनौ मन्दिरमा सेवा गर्नेले मन्दिरबाटै खाना पाँउछन्? के तिमीहरू जान्दैनौ वेदीमा भेटी चढाउनेहरूले भेटीको भाग पाउँछन्? सुसमाचार प्रचार गर्नेहरूलाई पनि त्यस्तै हो। सुसमाचारका प्रचारकहरूले प्रचार कर्मबाटै आफ्नो जीवन निर्वाह गर्नु पर्छ भनी आज्ञा दिनु भयो।
शेयर गर्नुहोस्
१ कोरिन्थी 9 पढ्नुहोस्