१ कोरिन्थी 3:7-9
१ कोरिन्थी 3:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ। रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ। किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ।
१ कोरिन्थी 3:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। किनकि हामी परमेश्वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्वरको खेतबारी र उहाँको भवन हौ।
१ कोरिन्थी 3:7-9 पवित्र बाइबल (NERV)
यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं। अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो।
१ कोरिन्थी 3:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
बिरुवा लाउने र पानी हाल्ने ठूलो होइन, तर बढाउने पो ठूलो हो। रोप्ने र पानी हाल्नेमा केही फरक छैन। परमेश्वरले सबैलाई आ-आफ्नो मेहनतअनुसार इनाम दिनुहुनेछ। हामीचाहिँ सबै काम गर्ने परमेश्वरका खेताला हौं अनि परमेश्वरको खेत तिमीहरू नै हौ। तिमीहरू परमेश्वरले बनाउनुहुने घर हौ।