१ कोरिन्थी 16:1-9
१ कोरिन्थी 16:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातियाका मण्डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू: प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्मा गर्दै राख्नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्। अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचयपत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेम पठाउनेछु। तर म पनि जान ठीक देखियो भने तिनीहरू मसँग जानेछन्। माकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेछु। शायद म तिमीहरूकहाँ केही दिन बस्नेछु, अथवा हिउँद पनि बिताउनेछु। त्यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्दोबस्त मिलाइदिन सक्नेछौ। यस पाली तिमीहरूसँग एकै छिनको मात्र भेटघाट नगरेर, प्रभुको इच्छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु। तर पेन्तिकोसको चाड़सम्म म एफिससमा बस्नेछु। किनभने प्रभावशाली कामको एउटा ठूलो ढोका मेरो निम्ति खोलिएको छ, अनि विरोध गर्नेहरू पनि धेरै छन्।
१ कोरिन्थी 16:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब प्रभुका जनहरूका निम्ति भेटी सङ्कलनको विषयमा बोल्न चाहन्छु: मैले गलातियाका मण्डलीहरूलाई जे गर्नु भनेको छु, त्यस्तै तिमीहरूले गर। हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो कमाइअनुसार केही रकम छुट्याएर जम्मा गरी राख्नू, ताकि म आउँदाखेरि भेटी सङ्कलन गर्ने कार्य नहोस्। जब म आउँछु, तब तिमीहरूले चुनेका मानिसहरूलाई म परिचय-पत्र दिनेछु र तिनीहरूलाई तिमीहरूले सङ्कलन गरेको भेटीसँग यरूशलेम पठाउनेछु। यदि म जान उचित देखियो भने तिनीहरू मसँगै जानेछन्। म्यासिडोनिया भएर गएपछि म तिमीहरूकहाँ आउनेछु किनकि म त्यो बाटो भएर जानेछु। सायद म तिमीहरूसँग केही समय बिताउनेछु वा पूरै हिउँद पनि बिताउँन सक्छु, ताकि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग गर्न सक्नेछौ। म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु। तर म एफिससमा पेन्टिकोस्टको पर्वसम्म बस्नेछु। किनभने प्रभावकारी कामको लागि मेरा निम्ति ठूलो ढोका खोलिएको छ, तर मेरो विरोध गर्ने पनि त्यहाँ धेरै छन्।
१ कोरिन्थी 16:1-9 पवित्र बाइबल (NERV)
अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन। जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु। अनि यदि उचित ठहरिए, तिनीहरू मसँगै जानेछन्। म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ। यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ। तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ तर म एफिससमा पेन्तिकोस सम्म बस्नेछु। किनभने त्यहाँ प्रभावपूर्ण कार्यको एउटा विशाल मौका हात लाग्नेवाला छ। अनि धेरैजना त्यस कार्यको विरोधमा पनि काम गर्दैछन्।
१ कोरिन्थी 16:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदियामा बस्ने ख्रीष्टका पवित्र जनहरूका लागि पैसा जम्मा गर्ने बारेमा मैले गलातीको ख्रीष्टिय मण्डलीलाई भनेझैँ नै गर। प्रत्येक हप्ताको पहिलो दिन सबैले आफ्नो आम्दानीबाट केही न केही छुट्याएर जम्मा गर। त्यसो हुँदा म आएको बेला पैसा उठाइरहनुपर्दैन। म आएपछि मेरो पत्रसँग तिमीहरूले रोजेका मानिसहरूलाई नै त्यो पैसा यरूशलेममा पुर्याउन पठाउनेछु। म आफैं जानुपर्छ भने पनि तिनीहरूलाई लिएर जानेछु। म माकेडोनियाबाट फर्कंदा तिमीहरूकहाँ आउनेछु। अहिलेचाहिँ म सोझै माकेडोनिया भएर जान्छु। फर्कंदाचाहिँ तिमीहरूकहाँ आएर बस्छु होला, सायद हिउँदभरि नै बस्छु होला। त्यसपछि म जहाँ जाँदा पनि तिमीहरूले मलाई सहायता गर्न सक्छौ किनभने निक्लेर थोरै समय भेट्ने होइन, तर प्रभुको इच्छा भयो भने निकै दिन तिमीहरूसँगै बसौंला भन्ने आशा राखेको छु। पेन्तिकोसको दिनसम्म म एफिससमा हुनेछु। विरोधीहरू धेरै भए पनि त्यहाँ प्रभुको ठूलो काम गर्ने राम्रो मौका मिलेको छ।