१ कोरिन्थी 15:20-23
१ कोरिन्थी 15:20-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ। किनकि जसरी मानिसबाट मृत्यु आयो, त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन्, त्यसै गरी ख्रीष्टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्नै क्रमअनुसार— ख्रीष्टचाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रीष्टका आफ्नैहरू।
१ कोरिन्थी 15:20-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर वास्तवमै ख्रीष्ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो। किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो। जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्।
१ कोरिन्थी 15:20-23 पवित्र बाइबल (NERV)
तर वास्तवमा ख्रीष्ट मृत्युबाट बौराइनु भएको थियो-मृत्युमा निदाएका ती सबै विश्वासीहरू मध्ये उहाँ प्रथम बौराइएको हुनु हुन्छ। एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो। आदममा जम्मै मानिसहरू मरे त्यसरी नै ख्रीष्टमा हामी सबै फेरि जीवित तुल्याइनछौं। तर हरेक मानिसलाई उचित क्रमले जीवनमा बौराइन्छ। बौरीनेहरूमा ख्रीष्ट प्रथम हुनुहुथ्यो। त्यसपछि जब ख्रीष्ट आउनु हुन्छ, ख्रीष्टमा हुने सबै मानिसहरूलाई फेरि बौराइनेछ।
१ कोरिन्थी 15:20-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर ख्रीष्ट त मरेर बिउँतनुभएकै हो। उहाँ मरेकाहरूमध्ये बिउँतने पहिलो हुनुभएकोले अरू मरेकाहरू पनि बिउँताइन्छन् भन्ने उहाँ नै प्रमाण हुनुहुन्छ किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्यो। त्यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्। जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबैले फेरि जीवन पाउँछन्। तर सबै आ-आफ्नो क्रमअनुसार सबैभन्दा पहिले ख्रीष्ट बिउँतनुभयो अनि ख्रीष्ट फेरि आउनुहुँदा उहाँका विश्वासीहरू बिउँतनेछन्।