१ कोरिन्थी 15:1-4
१ कोरिन्थी 15:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ। किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।

१ कोरिन्थी 15:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ। यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गरेका हुनेछौ। किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। अनि उहाँ गाडिनुभयो र धर्मशास्त्रअनुसार तेस्रो दिनमा पुनर्जीवित हुनुभयो।
१ कोरिन्थी 15:1-4 पवित्र बाइबल (NERV)
अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको सम्झना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ। सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो। मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ
१ कोरिन्थी 15:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचारको बारेमा फेरि बताउन चाहन्छु। सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र त्यहीमाथि तिमीहरू अडिएका छौ। यसद्वारा तिमीहरू बचाइएका पनि छौ। यदि तिमीहरूले मैले प्रचार गरेको यो सुसमाचारमा दिगो रह्यौ भने यसले तिमीहरूलाई बचाइरहनेछ, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गरेका हुन्छौ। मैले पाएको यो मुख्य कुरो नै तिमीहरूलाई दिएको हुँ। त्यो हो, धर्मशास्त्रले भनेझैँ ख्रीष्ट हाम्रा पापको लागि मर्नुभयो। उहाँ गाडिनुभयो, धर्मशास्त्रले भनेझैँ तेस्रो दिनमा फेरि बिउँतनुभयो।