१ कोरिन्थी 12:14-21

१ कोरिन्थी 12:14-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्‍छ। यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्‍यो भने, के त्‍यो शरीरको अङ्ग हुँदैन र? र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्‍यो भने, त्‍यो शरीरको अङ्ग हुँदैन र? यदि जम्‍मै शरीर आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि जम्‍मै शरीर कान हुँदो हो त सुँघ्‍‌ने कहाँबाट? तर परमेश्‍वरले आफ्‍नो इच्‍छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ। यदि ती जम्‍मै एउटै अङ्ग हुँदा हुन्‌ त शरीर कहाँ हुने? तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै। आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:14-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि शरीर एउटा अङ्गले बनेको होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ। अब यदि खुट्टाले “म हात होइनँ, यसकारण म शरीरको होइनँ” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र? अनि यदि कानले “म आँखा होइनँ, यसकारण म शरीरको अङ्ग होइनँ,” भन्यो भने के यो शरीरको अङ्ग हुँदैन र? यदि पूरा शरीर आँखा हुँदो हो त कहाँबाट सुन्‍ने? यदि पूरा शरीर कान हुँदो हो त कहाँबाट सुँघ्ने? तर वास्तवमा परमेश्‍वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ। यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् त शरीर कहाँ हुनेथियो र? यसकारण अङ्गहरू धेरै छन्, तर शरीर एउटै छ। आँखाले हातलाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन; अनि शिरले पनि खुट्टालाई “मलाई तेरो आवश्यकता छैन” भन्‍न सक्दैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:14-21 पवित्र बाइबल (NERV)

मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्। खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन। कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन। यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो? यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीरै हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो। अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ। आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:14-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

किनभने मानिसको शरीर एउटै अङ्गले बनिएको होइन, तर धेरै अङ्ग मिलेर बनेको छ। खुट्टाले म हात होइनँ। त्‍यसैकारण म शरीरको होइनँ भन्‍दैमा के खुट्टा शरीरको नहुने हो र? कानले म आँखा होइनँ। त्‍यसैकारण म शरीरको होइनँ भन्‍दैमा ऊ शरीरको नहुने हो र? पूरै शरीरमा आँखा मात्रै भयो भने केले सुन्‍ने? र कान मात्रै भयो भने केले सुँघ्‍ने? शरीरमा भएका अङ्गहरू परमेश्‍वरले आफ्‍नै इच्‍छाले शरीरमा राखिदिनुभएको हो। एउटै अङ्गले पूरै शरीर ढाक्‍यो भने शरीर हुने नै थिएन। अङ्गहरू धेरै छन्, तर शरीरचाहिँ एउटै छ। आँखाले हातलाई ‘मलाई तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन। त्‍यसरी नै टाउकोले खुट्टालाई पनि ‘तेरो खाँचो छैन’ भन्‍न सक्‍दैन।

शेयर गर्नुहोस्
१ कोरिन्थी 12 पढ्नुहोस्