१ इतिहास 22:19
१ इतिहास 22:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाइ खोज्न आफ्नो तनमन लगाओ। उहाँको पवित्रस्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दूक र परमेश्वरका पवित्र भाँड़ाकुँड़ाहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याओ।”
शेयर गर्नुहोस्
१ इतिहास 22 पढ्नुहोस्१ इतिहास 22:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब तिमीहरूका हृदय र आत्मालाई याहवेह तिमीहरूका परमेश्वरलाई खोज्नमा लगाओ। याहवेह परमेश्वरको पवित्रस्थानको निर्माण गर्न सुरु गर, ताकि याहवेहको नामको खातिर बनिने मन्दिरभित्र याहवेहको करारको सन्दुक र परमेश्वरका पवित्र चीजहरू तिमीहरूले ल्याउन सक।”
शेयर गर्नुहोस्
१ इतिहास 22 पढ्नुहोस्१ इतिहास 22:19 पवित्र बाइबल (NERV)
अब तिमीहरूको तन मन अनि धन परमप्रभु तिम्रा परमेश्वर प्रति लगाऊ, अनि उहाँले भन्नु भएका कामहरू गर। परमप्रभु परमेश्वरको पवित्र स्थान र परमप्रभुको निम्ति मन्दिर निर्माण गर। त्यस पछि करारको सन्दूक अनि अन्य सबै पवित्र बस्तुहरू मन्दिरमा ल्याओ।”
शेयर गर्नुहोस्
१ इतिहास 22 पढ्नुहोस्