१ इतिहास 12:32
१ इतिहास 12:32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्साखारका— जुन कुलका मानिसहरू इस्राएलले कुनचाहिँ बाटो लिनुपर्ने हो सो थाहा पाउने र समयको चिन्ह बुझ्ने निपुण २०० जना प्रधानहरू, र तिनीहरूका अधीनमुनि भएका तिनीहरूका कुटुम्बहरू।
१ इतिहास 12:32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्साखारको कुलबाट ती मानिसहरू, जसले उचित समय बुझेका र इस्राएलले के गर्नुपर्छ भन्ने ठिक कुरा जान्नेहरू थिए। तिनीहरूका अधीनमा रहेका सबै आफन्तहरू समेत 200 मुखियाहरू थिए।
१ इतिहास 12:32 पवित्र बाइबल (NERV)
इस्साकार कुल समूहबाट 200 बुद्धिमान अगुवाहरू थिए। ती मानिसहरूले उचित समयमा इस्राएलले गर्नु पर्ने ठीक कुराहरू जान्दथे। तिनीहरूका आफन्तहरूले तिनीहरूको आदेश भन्द थिए।
१ इतिहास 12:23-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दाऊद हेब्रोनमा छँदा धेरै तालिम पाएका सिपाहीहरू उनको सेनामा भर्ना भए। तिनीहरूले दाऊदलाई परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार शाऊलको सट्टामा राजा बन्न मद्दत गर्न चाहन्थे। तिनीहरूको सङ्ख्या यस प्रकार थियो: यहूदा— स्त्र-शस्त्र भएका र भाला र ढाल बोक्ने ६,८०० पुरुषहरू, शिमियोन— असल तालिम पाएका ७,१०० योद्धाहरू, लेवी— ४,६०० पुरुषहरू, हारूनका सन्तान यहोयादाका पछि लागेका ३,७०० पुरुषहरू र एक जना योद्धा सादोक र उनका कुटुम्ब, २२ प्रमुख मानिसहरू, बेन्यामीन (शाऊलको आफ्नो कुल)— ३,००० पुरुषहरू (बेन्यामीन कुलका धेरैजसो मानिस शाऊलपट्टि राजभक्त रहेका थिए), एफ्राइम— आ-आफ्ना गोत्रका प्रसिद्ध २०,८०० पुरुषहरू, पश्चिम-मनश्शे— दाऊदलाई राजा बनाउन जान छानिएका १८,००० पुरुषहरू, इस्साखार— आ-आफ्नो नेतृत्वमा भएका मानिसहरूसहित दुई सय अगुवाहरू (इस्राएलले के गर्नुपर्छ र त्यो गर्न सबैभन्दा असल समय कुन हो, ती अगुवाहरूले जान्दथे), जबूलून— सबै प्रकारका हतियार चलाउने तालिम पाएका राजभक्त, भरपर्दा र लड्नलाई तयार ५०,००० पुरुषहरू, नप्ताली— ढाल र भाला बोकेका ३७,००० पुरुषसहित एक हजार अगुवाहरू, दान— २८,६०० तालिम पाएका पुरुषहरू, आशेर— लडाइँको लागि तयार ४०,००० पुरुषहरू, यर्दनका पूर्वका कुल— रूबेन, गाद र पूर्वीय मनश्शेबाट— सबै प्रकारका हतियारहरू प्रयोग गर्ने तालिम पाएका १,२०,००० पुरुषहरू।