भजनसंग्रह 124:1-8
भजनसंग्रह 124:1-8 NCV
यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्— मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए; तिनीहरूका क्रोध हाम्रो विरुद्ध दन्केको बेला, तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए; उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो। उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। याहवेहलाई प्रशंसा होस्, जसले हामीलाई तिनीहरूका दाँतले फहराउन दिनुभएन। शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ। स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।

