मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ। मूर्खले समझदारी मन पराउँदैन, तर आफ्नै विचारमा धाक लगाउन प्रसन्न हुन्छ। दुष्टता आउँदा घृणा पनि आउँछ; र शर्मको साथमा अपमान आउँछ। मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्छन्; तर बुद्धिको मुहानचाहिँ बग्दै गरेको खोलाजस्तै सफा हुन्छ। दुष्टको पक्ष लिनु राम्रो होइन अथवा निर्दोषलाई न्याय नदिनु उचित होइन। मूर्खको ओठले त्यसलाई झगडामा पार्छ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ। मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ। कुरौटेका बोलीहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्। आफ्नो काममा अल्छी गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ हो।
हितोपदेश 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 18:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू