मत्ती 24:7-13
मत्ती 24:7-13 NCV
जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्। “तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ। त्यस बेला धेरै जना विश्वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्वासघात र घृणा गर्नेछन्। अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। दुष्टता बढेकोले धेरैको प्रेम सेलाउनेछ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।

