फेरि याहवेहले मोशालाई भन्नुभयो: “जब कसैले आज्ञा उल्लङ्घन गरेर अनजानमा याहवेहका पवित्र कुराहरूमा पाप गर्छ, त्यसले याहवेहकहाँ पवित्रस्थानको शेकेलअनुसार चाँदीको उचित मूल्य बराबरको एउटा निष्खोट भेडा आफ्नो बगालबाट दण्डस्वरूप ल्याओस्; यो दोषबलि हो। त्यसले पवित्र चीजहरूको विषयमा जुन कुरा पूरा गर्न सकेन, त्यसको निम्ति त्यसले हर्जाना तिरोस्। त्यसले त्यस मूल्यमा यसको पाँचौँ भाग थपेर पुजारीलाई देओस्, जसले दोषबलिको रूपमा भेडा लिएर त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। “यदि कसैले पाप गर्छ, र याहवेहका आज्ञाहरूमध्ये कुनै पनि निषेध गरेको काम अनजानमा गर्छ भने त्यो दोषी हो, र त्यो दण्डको योग्य ठहरिनेछ। त्यसले दोषबलिस्वरूप आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा बोका पुजारीकहाँ ल्याओस्। यस प्रकार त्यसले अनजानमा गरेको अपराधका लागि पुजारीले प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। यो दोषबलि हो, त्यसले याहवेहको विरुद्धमा गरेको अपराधको त्यो दोषी छ।”
लेवी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 5:14-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू