यर्मिया 31:2-4
यर्मिया 31:2-4 NCV
याहवेह यसो भन्नुहुन्छ: “तरवारबाट बाँचेका मानिसहरूले मरुभूमिमा निगाह पाउनेछन्; म इस्राएललाई विश्राम दिनका लागि आउनेछु।” बितेको समयमा याहवेह हामीकहाँ देखा पर्नुभयो र भन्नुभयो: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु; अचुक कृपाले मैले तँलाई आकर्षित गरेको छु। म तँलाई फेरि निर्माण गर्नेछु; अनि हे कन्या इस्राएल, तँ फेरि निर्माण गरिनेछस्। तँ फेरि आफ्नो खैँजडी लिएर आनन्दसाथ नाच्दै निक्लनेछस्।

