याकोब 2:14-19

याकोब 2:14-19 NCV

हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिसले मसँग विश्‍वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने के फाइदा भयो र? के त्यस्तो विश्‍वासले तिनीहरूलाई बचाउन सक्छ र? मानौँ, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र र दैनिक भोजनको खाँचो छ; अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ र न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्‍याइदिँदैन भने त्यसबाट के फाइदा हुन्छ र? यस्तै किसिमले कामविनाको विश्‍वास पनि मरेतुल्य हुन्छ। तर कसैले भन्ला, “तिमीसँग विश्‍वास छ, तर मसँग कामहरू छन्।” कामविनाको तिम्रो विश्‍वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्‍वास देखाउनेछु। परमेश्‍वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्‍वास गर्छौ; यो असल कुरा हो! दुष्‍ट आत्माहरूले पनि त्यो विश्‍वास गर्छन् र काँप्‍तछन्।

याकोब 2 पढ्नुहोस्