उत्पत्ति 42:1-4

उत्पत्ति 42:1-4 NCV

जब इजिप्टमा प्रशस्त अन्‍न छ भनी याकोबलाई थाहा भयो, तब उनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू एक-अर्कालाई किन टुलुटुलु हेरेर बस्छौ?” उनले भने, “इजिप्टमा अन्‍न छ भनी मैले सुनेको छु। जाओ, गएर अन्‍न किनेर ल्याओ, ताकि हामीहरू जीवितै रहन सकौँ, नत्रता हामी मर्नेछौँ।” तब योसेफका दश जना दाजुहरू अन्‍न किन्‍नलाई इजिप्टमा गए। तर याकोबले योसेफको भाइ बेन्यामीनलाई उनीहरूसित पठाएनन्; किनकि त्यसमाथि कुनै जोखिम आइपर्ला कि भनी तिनी डराए।

उत्पत्ति 42 पढ्नुहोस्