व्यवस्था 10:18-20

व्यवस्था 10:18-20 NCV

उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। यसैले तिमीहरूले पनि विदेशीहरूलाई प्रेम गर्नुपर्छ; किनकि तिमीहरू आफैँ पनि इजिप्टमा परदेशी थियौ। याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू।

व्यवस्था 10 पढ्नुहोस्