रोमीहरूलाई पावलको पत्र 13:8-10
रोमीहरूलाई पावलको पत्र 13:8-10 NERV
तिमी कसैसँग ऋणी हुनु हुँदैन। तर तिमीहरू सधैँ एका अर्कामा प्रेमको ऋणी हुनुर्पछ। जसले अरूलाई प्रेम गर्दछ उसले सम्पूर्ण व्यवस्था मान्दछ। म यो किन भन्दैछु? किनभने व्यवस्थाले भन्दछ, “व्यभिचारको पाप नगर, हत्य नगर, कुनै कुरो नचोर, अरूको चीजको लोभ नगर।” यी सबै आदेशहरू र अन्य आदेशहरू एउटै आदेशमा समाहित छन् “आफूलाई प्रेम गरे जस्तै अरूलाई प्रेम गर।” प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो।

