हितोपदेशको पुस्तक 10:1-11

हितोपदेशको पुस्तक 10:1-11 NERV

एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ। खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ, ईमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ। परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ। अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने एक मेहनती मानिस धनी हुन्छ। ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ, त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ। ईमानदार मानिसको शिरमाथि आशीषहरू बर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्। एकजना ईमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आउँछ। एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ। ईमानदार मानिस सदा-सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ। सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ। ईमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।