यशैयाको पुस्तक 33:1-6

यशैयाको पुस्तक 33:1-6 NERV

हेर, तिमीहरू युद्ध गर्छौ र मानिसहरूका चीजबीजहरू लुटपीट पार्छौ, तर ती मानिसहरूले तिमीहरूबाट केही पनि लुट्दैनन्। तिमीहरू मानिसहरूको विरूद्ध जानेछौ, तर ती मानिसहरू तिमीहरूका विरूद्ध कहिल्यै उभिने छैनन्। यसर्थ तिमीहरूले जब चोर्न छोड्नेछौ, अरू मानिसहरूले चोरी गर्न थाल्नेछन्। जब तिमीहरू मानिसहरूको विरूद्ध उभिन छोड्नेछौ अरू मानिसहरू तिमीहरूका विरूद्ध उभिन थाल्नेछन्। हे परमप्रभु, हामीमा अनुग्रह गर्नुहोस्। हामी तपाईंको सहायतकोलागि पर्खिरहेका छौं। परमप्रभु, हामीलाई प्रत्येक बिहान शक्ति प्रदान गर्नुहोस, कष्टमा हाम्रो उद्धार हुनुहोस। तपाईंको प्रभावपूर्ण सोरले मानिसहरूलाई भयभीत पार्दछ। अनि तिनीहरू तपाईंदेखि भाग्नेछन् तपाईंको महानताले जातिहरूलाई भगाउँछ। तिमीहरूले युद्धमा चोरेका चीजबीजहरू तिमीहरूबाट खोसिनेछन्। धेरै-धेरै मानिसहरू आउनेछन् र तिमीहरूको धन सम्पत्ति लुटेर लानेछन्। यो त्यस्तो समय हुनेछ जब सलहहरू आएर तिमीहरूका सबै अन्नहरू खानेछन्। परमप्रभु महान हुनुहुन्छ। उहाँ एकदम उच्च ठाउँमा बस्नुहुन्छ। परमप्रभुले सियोनलाई न्याय अनि धार्मिकताले भरिपूर्ण पार्नुहुनेछ। यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।