दाज्यू-भाइ र दिदी-बहिनीहरू हो। एशिया प्रदेशमा हामीले भोगेका कष्टहरूको बारेमा पनि तिमीहरूले जानिराख भन्ने हामी चाहन्छौं। त्यहाँ हामी ठूलो कष्टमा थियौं। हाम्रा सहने शक्ति भन्दा कष्ट धेरै थियो। हामीले त बाँच्ने आशा पनि छोडिसकेका थियौं। हामीले साँच्चै सोच्यौं की हामी निश्चय मर्ने छौं, यो यस्तो भयो की हामीले आफूमा भन्दा परमेश्वरमा विश्वास गर्नु पर्छ। परमेश्वरले मानिसहरूलाई मृत्युबाट ब्यूँताउँनु हुन्छ। परमेश्वरले हामीलाई मृत्युको आपदबाट बचाउनु भयो। अनि परमेश्वरले हामीलाई सदा सर्वदा रक्षा गर्नु हुन्छ। हामीले उहाँमा आशा गर्यैं ताकि उहाँले हामीलाई बचाई राख्नु हुनेछ। अनि तिमीहरूले आफ्ना प्रार्थनाद्वारा हामीलाई सहायता गर्न सक्नेछौ। घेरै मानिसहरूले हाम्रो निम्ति परमेश्वरलाई धन्यवाद दिनेछन् किनभने तिनीहरूको प्रशस्त प्रार्थनाले गर्दा परमेश्वरले हामीलाई आशीर्वाद दिनु भयो। यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँच्चो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन। हामी तिमीहरूलाई तिनै कुराहरू मात्र लेख्छौं जुन तिमीहरूले सम्पूर्ण रूपले पढ्न र बुझ्न सक्छौ। अनि म आशा गर्छु तिमीहरूले पुरै बुझ्नेछौ। तिमीहरूले हाम्रो विषयमा केही कुराहरू बुझिसकेकाछौ। त्यो दिन जब हाम्रा प्रभु येशू ख्रीष्ट आउनु हुनेछ, म आशा गर्छु तिमीहरूले बुझ्नेछौ, जब हामी तिमीहरू प्रति गर्व गरे झैं तिमीहरू पनि गर्वावित हुनेछौ।
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 1:8-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू