रोमी 7:1-3

रोमी 7:1-3 सरल नेपाली

दाजुभाइहरू हो, म यो कुरा व्यवस्था जान्‍नेहरूलाई भन्‍दै छु। बाचुञ्‍जेल मात्र मानिसमा नियम लागु हुन्‍छ। यो कुरो तिमीहरूलाई थाहा छैन र? कुनै पनि विवाह गरेकी स्‍वास्‍नी मान्‍छे आफ्‍नो लोग्‍ने बाचुञ्‍जेल यहूदी नियमअनुसार उसैकी हुन्‍छे। तर लोग्‍ने मर्‍यो भने उसलाई त्‍यो नियमले बाँध्‍दैन। तर यदि आफ्‍नो लोग्‍ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्‍यभिचारको पाप गर्नेछ। तर लोग्‍ने मरेपछि भने ऊ त्‍यस व्यवस्थादेखि फुक्‍का हुन्‍छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्‍दैन।

रोमी 7 पढ्नुहोस्