परमेश्वरले मलाई अनुग्रह देखाउनुभएकोले म तिमीहरू सबैलाई भन्दै छु, आफूलाई ठूलो नठान तर परमेश्वरले दिनुभएको विश्वासको मात्राअनुसार आफू जस्ता छौ, त्यस्तै ठान। हाम्रो शरीरमा धेरै अङ्गहरू भए पनि ती अङ्गहरूका बेग्लाबेग्लै काम छन्। त्यसै गरी हामी धेरै भए पनि ख्रीष्टमा एउटै शरीर हौं र हामी सबै एक-अर्काका अङ्ग हौं। यसकारण परमेश्वरले आफ्नो अनुग्रहले हामीलाई दिनुभएका बेग्लाबेग्लै दानअनुसार उहाँका कामहरू गरौं। परमेश्वरको तर्फबाट बोल्न सक्नेले आफ्नो विश्वासअनुसार उहाँकै तर्फबाट बोलौं। सेवा गर्नेजतिले ठीकसँग सेवा गरौं, परमेश्वरका शिक्षा दिन सक्नेले आफ्नो विश्वासको मात्राअनुसार शिक्षा देओस्। ठीक बाटोमा हिंड्न सल्लाह दिन सक्नेले सल्लाह देओस्। खाँचोमा परेकालाई दिनेले खुल्ला मनले देओस्। काम मिलाउनेले सक्दो चाँडै मिलाइहालोस् र दया देखाउनेले खुसीसाथ दया देखाओस्। तिमीहरूको प्रेम देखावटी होइन तर साँचो होस्। खराब कुरा त्यागेर असल कुरामा लागिरहो। भातृप्रेमले एकले अर्कोलाई पनि प्रेम गर। अरूलाई आदर गर्न नचुक। गरिहाल्नुपर्ने काममा अल्छी नगर। आत्मामा जोशिलो भएर दिलोज्यानले प्रभुको काम गर। तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो। प्रभु ख्रीष्टका पवित्र जनहरूलाई खाँचो पर्दा सहायता देओ, घरमा आएका पाहुनाहरूको सेवासत्कार गर र सताउनेहरूलाई श्राप होइन आशीर्वाद देओ। त्यस्तै रमाउनेहरूसँग रमाओ। रुनेहरूसँग रोओ, सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्ने पनि नठान।
रोमी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 12:3-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू