परमप्रभुको प्रशंसा गर! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ। उहाँका विश्वासयोग्य प्रजाका सभाबीच उहाँको प्रशंसा गर। हे इस्राएल! आफ्ना सृष्टिकर्तामा हर्ष मनाओ! हे सियोनका बासिन्दाहरू! तिम्रा राजामा रमाहट गर। नाच्दै उहाँको नामको प्रशंसा गर, वीणा र ढोल बजाएर उहाँको प्रशंसा गर। परमप्रभु आफ्ना जनहरूसँग खुसी हुनुहुन्छ, उहाँले विजय दिएर नम्रहरूको आदर गर्नुहुन्छ। परमेश्वरका जनहरू आफ्ना विजयमा रमाऊन् र रातभरि हर्षसाथ गाऊन्! परमेश्वरको प्रशंसा गर्दा तिनीहरू उच्च स्वरले कराऊन्, तिनीहरूले आफ्ना हातमा धारिलो तरवार लिऊन् र देश-देशलाई हराऊन्, जाति-जातिलाई दण्ड दिऊन्, तिनका राजाहरूलाई साङ्लाले बाँधून्, तिनका अगुवालाई फलामका साङ्लाले बाँधून्, परमेश्वरको आज्ञाअनुसार देश-देशलाई दण्ड देऊन्। यो परमेश्वरका आफ्ना प्रजाको विजय हो। परमप्रभुको प्रशंसा गर!
भजनसंग्रह 149 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 149:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू