भजनसंग्रह 122:1-9
भजनसंग्रह 122:1-9 सरल नेपाली
तिनीहरूले मलाई “हामी परमप्रभुको भवनमा जाऔं” भन्दा म खुसी भएँ र अहिले हामी यहाँ यरूशलेमको ढोकाभित्र खडा छौं। सुन्दर प्रकारले मिलाएर यरूशलेम सहर बनिएको छ। सारा इस्राएलका कुलहरू उहाँका आज्ञाअनुसार, परमप्रभुलाई धन्यवाद चढाउन यहीँ आउँछन्। इस्राएलका राजाहरू आफ्ना प्रजाको न्याय गर्न यहीँ बस्थे। यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तिमीलाई प्रेम गर्नेहरूको उन्नति होस्। तिम्रा पर्खालहरूभित्र शान्ति रहोस् र राजदरबारहरूभित्र कुशल रहोस्।” मेरा साथी र कुटुम्बहरूको खातिर म यरूशलेमलाई भन्दछु, “तिमीलाई शान्ति होस्!” परमप्रभु हाम्रा परमेश्वरको भवनको खातिर म तिम्रो कल्याणको लागि प्रार्थना गर्दछु।

