हे परमप्रभु, हामीलाई सहायता गर्नुहोस्! एक जना पनि असल मानिस रहेको छैन, अचेल इमानदार मानिसहरू पाइँदैनन्। तिनीहरू सबैले आपसमा झूटा बोल्छन्, चाप्लुसी कुरा गरेर एक-अर्कालाई धोका दिन्छन्। हे परमप्रभु! ती चाप्लुसी गर्ने जिब्राहरूलाई चुप पार्नुहोस्! “आफ्ना बोलीले मात्र हामी चाहिएको कुरा लिन्छौं, हामी चाहेअनुसार बोल्छौं, कसैले हामीलाई थुन्न सकेनन्,” भनी अहङ्कार गर्ने मुखहरू बन्द गर्नुहोस्। परमप्रभु भन्नुहुन्छ, “अब म आउनेछु किनभने दरिद्रहरू सताइएका छन् र सङ्कटमा परेकाहरू पीडाले छट्पटाइरहेका छन्, तिनीहरूले खोजेको सुरक्षा म तिनीहरूलाई दिनेछु।” परमप्रभुका प्रतिज्ञामा भरोसा गर्न सकिन्छ, ती दन्केको आगोमा सातपल्ट खारेका चाँदीजस्ता असल हुन्छन्। दुष्टहरू जताततै हुन्छन् र दुष्ट कुराहरूको तारिफ गर्छन्। हे परमप्रभु, हामीलाई जोगाएर सधैँ सुरक्षित राख्नुहोस् र त्यस्ता मानिसहरूदेखि हामीलाई बचाएर राख्नुहोस्।
भजनसंग्रह 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 12:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू