भजनसंग्रह 114:1-8

भजनसंग्रह 114:1-8 सरल नेपाली

जब इस्राएलका मानिसहरूले मिश्रदेश छोडे, जब याकूबका सन्‍तान त्‍यो विदेशबाट निस्‍के, यहूदा परमप्रभुको पवित्र प्रजा बन्‍यो, इस्राएल उहाँको आफ्‍नै सम्‍पत्ति भयो। लाल समुद्र तिनीहरूलाई देखेर पछि सर्‍यो, यर्दन नदी बग्‍न बन्‍द भयो। पर्वतहरू बाख्राजस्‍तै र डाँडाहरू भेडाजस्‍तै उफ्रे। हे समुद्र, के भयो? तँ पछि हटिस्? हे यर्दन, किन तैँले बग्‍न छोडिस्? हे पर्वतहरू हो, तिमीहरू किन बाख्राजस्‍ता उफ्र्यौ? हे डाँडाहरू हो, किन तिमीहरू भेडाजस्‍ता उफ्र्यौ? हे पृथ्‍वी, परमप्रभु आउनुहुँदा याकूबका परमेश्‍वरको सामु तँ थरथरी काँप्‌। उहाँले चट्टानहरूलाई पानीका पोखरीमा र कडा ढुङ्गाको पहाडलाई पानीको मुहानमा बदल्‍नुहुन्‍छ।

भजनसंग्रह 114 पढ्नुहोस्