भजनसंग्रह 113:1-9
भजनसंग्रह 113:1-9 सरल नेपाली
परमप्रभुको प्रशंसा गर! परमप्रभुका सेवकहरू हो, उहाँको नामको प्रशंसा गर! अहिले र सधैँभरि उहाँको नामको प्रशंसा होस्। सूर्योदयदेखि लिएर सूर्यास्तासम्म परमप्रभुको नामको प्रशंसा गर! सबै जातिहरूमाथि परमप्रभुले राज्य गर्नुहुन्छ, आकाशमाथि उहाँको महिमा छ। परमप्रभु हाम्रा परमेश्वरजस्तो अरू कोही छैन। उहाँ अति उच्च ठाउँमा बास गर्नुहुन्छ। तर उहाँले आकाश र पृथ्वी हेर्न शिर निहुराउनुहुन्छ। उहाँले अभावमा परेकाहरूलाई तिनीहरूका दु:ख-पीडाबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्छ र तिनीहरूलाई राजकुमारहरूका; आफ्नै प्रजाका राजकुमारहरूका साथमा बसाल्नुहुन्छ। बाँझी स्त्रीलाई तिनैको घरमा उहाँले आदर दिनुहुन्छ। उहाँले तिनलाई बाल-बच्चा दिनुभएर खुसी गराउनुहुन्छ।

