हितोपदेश 13:15-25

हितोपदेश 13:15-25 सरल नेपाली

समझदार व्‍यक्तिले आदर पाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्तिहरू बिनाशतर्फ जाँदैगरेका हुन्‍छन्। समझदार मानिसहरूले केही काम गर्नुअघि सधैँ सोच्‍ने गर्छन् तर मूर्खहरूले आफ्‍नो मूर्खता प्रचार गर्दछन्। सन्‍देश ल्‍याउने दुष्‍ट दूतले दु:ख ल्‍याउँछ तर भरपर्दो दूतले शान्‍ति ल्‍याउँछ। शिक्षा ग्रहण नगर्नेले दरिद्रता र अपमान कमाउँछ, सुधार ग्रहण गर्नेले आदर पाउँदछ। आफूले चिताएको कुरा प्राप्‍त गर्नु कति असल कुरा हो! मूर्खहरू दुष्‍ट्याइँबाट फर्की सुध्रिने मन गर्दैनन्। बुद्धिमान्‌को सङ्गत गर, तिमी बुद्धिमान् हुनेछौ, मूर्खको सङ्गत गर्ने नाश हुन्‍छ। पापीहरूलाई जहीँ पनि दु:खले पछ्याउँदछ तर धर्मीहरूले असल कुराकै इनाम पाउँछन्। असल मानिसहरूले छोरा-नातिनाहरूको निम्‍ति धन-सम्‍पत्ति छोडिराख्‍छन् तर पापीहरूको धन धर्मीहरूको हातमा पर्छ। बाँझो जमिनले पनि गरीबलाई प्रशस्‍त अन्‍न उमारिदिन सक्‍छ तर अन्‍याय गर्ने मानिसले त्‍यो खोस्‍छ। छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई प्रेम गर्दैन। छोरोलाई प्रेम गर्नेले उसको सुधार गर्छ। धर्मीहरूले पेटभरि खान पाउँछन् तर दुष्‍टहरू भोक-भोकै बस्‍दछन्।

हितोपदेश 13 पढ्नुहोस्